
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।