
राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक लगाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताएका हुन् । ‘विदेशी फौजमा भर्ना हुनै नपाउने अवस्था गराइदिउँ । केही त डलरका लागि पनि बाहिर जानैप¥यो । तर उनीहरुलाई पनि तालिम दिएर, उच्च तलवमानमा पठाउने गरौं’, उनले भने, ‘२० र ३० हजार नेपाली रुपैयाँ पाउने गरी जाने होइन । कम्तीमा एक लाख मासिक पाउने ठाउँमा हामीले पठाऔं ।’ हाल नेपालीहरु बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन् । अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए ।