जोडिनुहोस
  • होमपेज
  • बिहीबार सुनचाँदीको भाउ स्थिर

आर्थिक

बिहीबार सुनचाँदीको भाउ स्थिर

  • Sagarmatha TV
  • बिहिबार, मंसिर २७, २०८१
बिहीबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका