जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४३ मिनेटutes अगाडि
  • होमपेज
  • भारतबाट तस्करीका समान बोकेर आएको गाडि दुर्घटना हुदा चार जना घाइते

भारतबाट तस्करीका समान बोकेर आएको गाडि दुर्घटना हुदा चार जना घाइते

सिरहा– सिरहामा भारतीय बजारबाट तस्करीका समान बोकेर आएको सिरहा चोहर्वास्थितको नरहामा म्याजिक अनियन्त्रित भएर दुर्घटना हुँदा चारजना घाइते भएका छ्न् । प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भइ म्याजिक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।

घाईते मध्ये तीनजना यादव एकै परिवारका रहेका छन्। यात्रीसहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनीहरु घाईते भएको केसीले बताए । 

दुर्घटनालगत्तै गाडीका चालक फरार भएका छन्। घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरु सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले बताए।  गाडी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। गाडीमा रहेको समान कसको भन्ने खुल्नसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लै उपस्थिति रहे पनि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको र दिनप्रतिदिन चोरी तस्करी फस्टाएको स्थानीहरू बताउँछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका