जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • इमरान खानको जमानत याचिका खारेज, जुनसुकै बेला पक्राउ पर्न सक्ने

इमरान खानको जमानत याचिका खारेज, जुनसुकै बेला पक्राउ पर्न सक्ने

पाकिस्तानमा पूर्व प्रधानमन्त्री तथा तहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीको अवस्था देखिएको छ । समाचार एजेन्सी एपीपीका अनुसार लाहोर उच्च अदालतले गत बिहीबार इमरान खानको जमानत आवेदन खारेज गरेको छ ।

गत वर्ष इमरान खानविरुद्ध इस्लामाबादको सांगजानी पुलिस स्टेसनमा आतंकवादसँग सम्बन्धित धाराअन्तर्गत एफआईआर दर्ता गरिएको थियो । यस मामिलामा इमरान खान आतङ्कवाद विरोधी अदालतले आफ्नो अन्तरिम जमानतको निवेदन खारेज गरेपछि लाहोर उच्च अदालत पुगेका थिए ।

यस घटनाक्रमपछि पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले इमरान खान पक्राउ पर्नुपर्ने बताएका छन् । उनले भने, ‘मेरो विचारमा इमरान खानलाई पक्राउ गर्नुपर्छ किनभने उनले न्याय व्यवस्थाको मजाक उडाइरहेका छन् ।’

यससँगै उनले इमरान खानलाई तत्काल पक्राउ गर्न सरकारसँग कुरा गर्ने बताए । इमरान खानको जमानत याचिका खारेज भएपछि लोहारस्थित उनको जमान पार्कस्थित घरबाहिर उनका समर्थकहरूको भीड जम्मा हुन थालेको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफले आफ्नो ट्विटर ह्यान्डलबाट त्यस्ता धेरै भिडियोहरू साझा गरेको छ जसमा समर्थकहरूले इमरान खानप्रति आफ्नो वफादारी व्यक्त गरेको देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्