जोडिनुहोस
  • होमपेज
  • भारत–नेदरल्याण्ड्स सम्बन्ध सुदृढ गर्न मोदी–जेटनबीच वार्ता

भारत–नेदरल्याण्ड्स सम्बन्ध सुदृढ गर्न मोदी–जेटनबीच वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्ड्सका प्रधानमन्त्री रोब जेटनबीच सोमवार वार्ता भएको छ। वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उपायहरूमा छलफल गरिएको बताइएको छ।

प्रधानमन्त्री मोदीले अर्धचालक, मेगा पानी परियोजना, हरित हाइड्रोजन र प्रतिभा गतिशीलता जस्ता क्षेत्रहरूमा साझेदारीको सम्भावनाका विषयमा कुराकानी भएको बताएका छन् ।

साथै, पश्चिम एसियामा वर्तमान परिस्थितिबारे विचार-विमर्श गर्दै, उक्त क्षेत्रमा शान्ति र स्थायित्वको शीघ्र पुनर्स्थापना आवश्यक रहेकोमा जोड दिइएको मोदीले सामाजिक संजाल एक्स मार्फत बताएका छन् ।