
राप्रपाले राजसंस्थाको पक्षमा आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए । बैठकले पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ । यस्तै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय समेत गरेको लिङ्देनले बताए ।