जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • भारतीय दूतावासद्वारा पोखरामा सार्वजनिक योग कार्यक्रम

भारतीय दूतावासद्वारा पोखरामा सार्वजनिक योग कार्यक्रम

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको छ । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् “एक विश्व एक परिवार सबैको कल्याणका लागि योग” रहेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र सो क्षेत्रका दुई हजारभन्दा बढी योग पारखीको सो कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री किरातीले मानव जातिको कल्याणका लागि योगलाई विश्वले नै साझा सम्पत्तिका रुपमा अपनाएको र यो लोकप्रिय हुँदै गइरहेको बताउनुभयो । उहाँले हरेक वर्ष हिमाल अग्लिए जस्तै भारत–नेपालको सम्बन्धले पनि नयाँ उचाइ हासिल गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणले यस सम्बन्धमा नयाँ कोसेढुङ्गा कायम गरेको मन्त्री किरातीले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरालाई रोजेकामा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयो । उहाँले सारा विश्वले योगलाई मानसिक शान्ति, खुसी र मानवजगतको शान्तिको माध्यमका रुपमा स्वीकारेको बताउनुभयो ।

दर्शन, सभ्यता र संस्कृतिले भारत–नेपाल सम्बन्धलाई सदियौँदेखि परिभाषित गरेको उल्लेख गर्दै उहाँले पोखरामा रहेका महत्वपूर्ण धार्मिक क्षेत्र योग अभ्यासका लागि केन्द्र बन्नसक्ने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हरेक वर्ष पोखरामा जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस भव्यसँग मनाउन दूतावासले गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताउनुभयो । पोखरा महानगरपालिकाले सबैभन्दा बढी पोखरा आउने पर्यटक भारतीय रहेको जानकारी आफूलाई दिएको उहाँले बताउनुभयो ।

उहाँले पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा योग केन्द्रित पर्यटनलाई अझ प्रवद्र्धन गर्न सकिने बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा विश्वका नेताहरुसँग यो उत्सव मनाउने पनि राजदूत श्रीवास्तवले जानकारी गराउनुभयो ।

पोखरामा आयोजित अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम जारी ‘इण्डिया आजादीका अमृत महोत्सव’ अन्तर्गतको उत्सव कार्यक्रममध्येको एक हो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभामा एक सय ७५ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात् सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका