
काठमाडौं । नेपाली बजारमा बिहीबार (चैत २८) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार (चैत २७) छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
यही चैत २१ गते छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य कायम थियो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।