
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ ।
यस्तै मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीतिमा उल्लेख छ ।
मौद्रिक नीतिले बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखेको छ । नीतिले यस्तै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गर्ने जनाएको छ ।