
मुगु। मुगुमा भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रेक्टल स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टल स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो।