
काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतंक मच्चाइरहेको बताउँदै समाधानका लागि आग्रह गरे।
उनले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताए । अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरको कारण किसानको उठिबास भइरहेको बताउँदै समाधानका उपाय पहिल्याउन सरकारको ध्यानाकर्षण गराए ।