जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • मोरङमा एक जोडी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला

मोरङमा एक जोडी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एक जोडी युवक–युवती एउटै डोरी लगाएर रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–५ को मौलीबारीस्थित बक्राहा खोलाको किनारको रुखमा उनीहरू मृत फेला परेका हुन । इलाका प्रहरी कार्यालय पथरीले घटनाको विषयमा अनुसन्धान थालिएको जनाएको छ।

प्रहरीका अनुसार पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की २२ वर्षीया जुबामुनी हस्दा एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मंगलबार मृत भेटिएका हुन् ।

उनीहरू दुवै विवाहित भएको बताइएको छ । मोरङको कटहरी माइती भएकी मृतक महिलाका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
मृतक अजयको घरमा पनि पत्नी र ४ तथा २ वर्षका दुई छोरा घरमै छन् । अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएको छ ।

उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने र केही कारण आत्महत्या गरेजस्तो देखिएको इप्रका पथरीका डिएसपी मोहनविक्रम दाहालले बताए ।

धेरै टिप्पणी गरिएका