
काठमाडौं : छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
शम्भु भनिने दिलबहादुर थापालाई चितवनबाट हेलिकप्टरमा मेडिसिटी अस्पताल ल्याइएको हो । सोमबार विहान चितवनस्थित लामिछानेकै घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
३६ घण्टासम्म पुरानो मेडिकल कलेजको भरतपुरमा सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख रहेको लामिछानेले सामाजिक संजालमार्फत् जानकारी दिएका छन्।
चिकित्सक र आफन्तको सल्लाहमा मेडिसिटी अस्पताल ल्याइएको उनले लेखेका छन्।