जोडिनुहोस
  • होमपेज
  • राजावादीको हिंसात्मक झडपमा परी ३५ जना घाइते

राजावादीको हिंसात्मक झडपमा परी ३५ जना घाइते

पूर्वराजाका सर्मथकहरूले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले झडपमा ३५ जना घाइते भएका बताए ।

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ ।

राजावादीको आन्दोलनका क्रममा दुई जनाको मृत्यु समेत भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका