
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २७ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने भएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार राप्रपाले उक्त जनप्रदर्शन गर्न लागेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज (आइतबार) पत्रकार सम्मेलन गरी प्रदर्शनको सबै तयारी पुरा भएको बताए ।
अध्यक्ष लिङ्देनले आगामी २७ गतेको प्रदर्शनमा सबै प्रकारका निषेधाज्ञा तोड्ने बताए । उनले राज्यतर्फबाट अवरोध भएको खण्डमा प्रतिकारमा उत्रिन पनि तयार रहेको बताए । प्रदर्शनका लागि ५० हजारभन्दा बढी मानिस काठमाडौं आउने उनको दाबी छ ।