जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले गरे बागलुङ कालिकामा पूजाआराधना

राष्ट्रपति पौडेलले गरे बागलुङ कालिकामा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज त्यहाँ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन्।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजाआराधना गरेका थिए। सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान बागलुङ बजार पुगेका हुन्। उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका