जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीले भने– हाम्रो देश हामीले नै बनाउने हो

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीले भने– हाम्रो देश हामीले नै बनाउने हो

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताएका हुन् ।

‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ’, उनले भने ।

‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नु पर्छ । उद्योग स्थापना र विस्तार गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ ।’

केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको बताउँदै कोही कसैले अरु कारणले विरोध गरेको उनले उल्लेख गरे ।

‘आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ’, उनले भने

धेरै टिप्पणी गरिएका