जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • विद्यालय शिक्षा विधेयकको विरोधस्वरूप आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन वार्ता हुँदै

विद्यालय शिक्षा विधेयकको विरोधस्वरूप आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन वार्ता हुँदै

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधस्वरूप आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन वार्ता हुने भएको छ। बुधबारदेखि राजधानीको माइतीघरमा जम्मा भइ आन्दोलन गरिरहेका देशभरका शिक्षकहरूले दोस्रो दिन बिहीबार पनि प्रदर्शन जारी राखेका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी शिक्षकका प्रतिनिधिहरू र सरकारबीच आज बिहान गृहमन्त्रालयमा वार्ता भएको थियो। तर, उक्त वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको थियो। त्यसपछि पुनस्माइतीघर, सिंहदरवार हुँदै नयाँ बानेश्वर पुगेका शिक्षकहरूलाई वार्तामा ल्याइ सहमति जुटाउन सरकार क्रियाशील छ। यसका लागि आज गृहमन्त्रालयमा दुई पक्षबीच वार्ता हुँदैछ।

आन्दोलनका कारण आज काठमाडौं उपत्यका भित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध छ भने यातायात समेत प्रभावित छ।

तपाइको प्रतिक्रिया दिनुहोस्