जोडिनुहोस
बिहिबार, फाल्गुन २९, २०८१
बिहिबार, फाल्गुन २९, २०८१
  • होमपेज
  • वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

समाचार

वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन २९, २०८१
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ ।आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका १०० चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै । राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना फ्रेन्डसिप फोरमको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । तस्बिरः प्रदीपराज वन्त/रासस

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै  तस्बिरः प्रदीपराज वन्त/रासस

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका