
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडिया पोस्ट गर्दै उनले शुभकामना दिएका हुन् ।
राजदूत सोङले भनेका छन्, ‘म नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी आईसीसी पुरुष टी २० विश्वकप प्रतियोगितामा भव्य सफलताको शुभकामना व्यक्त गर्छु । चियर्स नेपाल ।’
नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । टी–२० विश्वकपमा नेपालले दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।