
काठमाडौं। सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।
‘पुस २५ आसपासमा अधिवेशन बोलावट हुन्छ,’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्छ ।
संसद्मा बिचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले बिजनेस समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरू बताउँछन् ।
संसद्को वर्षे अधिवेश नगत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका छन् ।