
धादिङ।काठमाण्डौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।
वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको हो । सो माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।