
काठमाडौं। अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा कोरम नपुगे पछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको हो ।
आज बोलाइएको बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भए पछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।
बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइए पनि कोरम नपुगे पछि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।