
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले बिहीबार कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको कांगेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जनाको नाम सिफरिस गरेका हुन् । नेपाली कांग्रेस मानव अधिकार विभागको प्रमूखमा पार्टीको केन्द्रीय सदष्य समेत रहेका धना खतिवडा छन् ।
