जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • २६ मिनेटutes अगाडि
  • होमपेज
  • सभामुखलाई स्थानीय नेताको प्रश्नः तातोपानी नाका कहिले खुल्छ ?

सभामुखलाई स्थानीय नेताको प्रश्नः तातोपानी नाका कहिले खुल्छ ?

सिन्धुपाल्चोक – भूकम्पको बहानामा बन्द गरिएको चीन सँगको सिमा क्षेत्र सिन्धुपाल्चोकस्थित तातोपानी नाका सर्वसाधारणका लागि अझै सम्म पनि खुलेको छैन । नाक खुल्ने भनेर पटक–पटक मिति तोकिए पनि खुल्न भने सकेको छैन । नाका नखुल्दा स्थानियबासी समस्यामा परेका छन् ।

यही मेसोमा मंगलबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको हिन्दीस्थित एक विद्यालयको कार्यक्रममा सहभागी हुन पुगेका सभामुख देवराज घिमिरेलाई स्थानीय नेता तथा अगुवाले नाका किन खुल्न नसेकोको ? कुटनीतिक पहल किन हुन सकेन ? भनेर प्रश्न गरेका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति तथा स्थानिय अगुवा दोर्जे लाामाले मञ्चमा बसेका सभामुख घिमिरेलाई नाकाको विषया प्रश्न उठाएका हुन् । लामाले भने, ‘यतिबेला बाहिरचाहिँ नाका खुल्यो भनेर व्यापक हल्ला छ तर यहाँ नाकाबाट निर्यात हुन सकेको छैन । यो दिन देखि नाका खोल्ने भनेर पटक–पटक मिति तोकिएपनि नाका खुल्न सकेको छैन । यसले स्थानियलाई ठूलो असर गरेको छ ।’ लामाले थपे, ‘ यतिबेला आयातसमेत घट्दा स्थानीय र व्यवसायी निराश छन् । सभामुख ज्यू कसले रोक्यो नाका ? किन खुल्न दिइएन नाका ? यसमा कसको स्वार्थ छ ? चीनले नै हो या सिमिति ब्यापारीको पनि हात छ ? यसको पनि अनुसन्धान हुनुपर्छ । अनि सरकारले नाका सहज बनाउन चीन सरकार सँग कुटनीतिक पहल गर्नु आवश्यक देखिन्छ ।’

(भिडियो)

लामासहित अन्य स्थानीयले सभामुखलाई नाकामा भएको असहजता र कन्टेनरमा निश्चित कम्पनीको सिण्डिकेट, जीर्ण सडक, बाढीपहिरोजस्ता विषयमा समस्या राखेका थिए । भोटेकोसी–२ का अध्यक्ष कुमार श्रेष्ठले नाकाबारे भएको सम्पूर्ण समस्या सभामुखसामु राखेको र उनले प्रतिबद्धता दिएको बताए ।

कार्यक्रममा सभामुखसहित जिल्लाका प्रशासन, प्रहरी प्रमुख, चिनियाँ राजदूतावासका काउन्सिलर मिस्टर सि वाङ्ग, थर्ड सेत्रेटरी मिस्टर वाङ जुन्फलगायत सहभागी थिए ।

भूकम्पको झण्डै आठ वर्षपछि यही वैशाख १८ मा भोटेकोशी–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट हप्तादिनअघि मुडा, म्याट्रेसजस्ता सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइएको थियो । त्यस दिनबाहेक नेपालबाट केही पनि निर्यात हुन नसक्दा स्थानीय र व्यवसायी निराश छन् ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले तातोपानी नाकाको दुर्गतिबारे भोटेकोसी गाउँपालिका पुगेपछि मात्रै आफूले थाहा पाएको बताए । घिमिरेले भने, ‘यसअघि तातोपानी नाका खुलिसक्यो भनेर खबर पढेको थिएँ, यहाँको समस्या स्थानीयबाट सुनेपछि मात्रै अनुभव गरेँ, सर्वसाधारणको लागि नाका खोल्न पहलकदमी गर्नेछौं ।’

कार्यक्रममा चिनियाँ राजदूतावासका काउन्सिलर मिस्टर सि वाङ्गले चीन नाकाबारे सकारात्मक रहेको बताए । उनले चीनमा अध्यागमनका भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम चीन अत्याधुनिक प्रविधि प्रयोग गरेर काम गरिरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका