
जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सभामुख देवराज घिमिरेले आज खानलाई प्रतिनिधि सभा सदस्यको शपथ गराउनुभएको हो । सांसद मञ्जु शर्मा अन्सारीको गएको चैत ४ गते निधन भएपछि जसपाले रिक्त पदमा खानको नाम सिफारिस गरेको थियो ।
यसअघि जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ सालको फागुन १३ गते निधन भएपछि रिक्त रहेको पदमा मञ्जु शर्मा सांसद मनोनीत हुनुभएको थियो ।