
काठमाडौं। साफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।
नेपालले श्रीलङ्कामाथि नेपालले १–० को जित निकालेको हो । नेपालका लागि राजन धामीले गरेको गोल नै निर्णायक बन्यो ।
लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ । साफ यू–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदैछन् । जसमा समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।