जोडिनुहोस
  • होमपेज
  • भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरण र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको स्पष्ट पारेका छन् ।

शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सदन खुलाउन कांग्रेस एमालेसँगको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर गरेका हुन्।

भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राखेर गत जेठ १३ देखि संसद् बैठक अवरुद्ध पारिरहेको माओवादी केन्द्रले शुक्रबार छाड्दै सदन खुलाउन कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेको थियो ।

यसै विषयलाई लिएर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भने-‘मानिसहरूले जे प्रचार गर्ने गर्या छन्, त्यो वाहियात कुरा हो । त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’

उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने  भएकोले पनि सहमतिमा जानुपरेको बताए । उनले भने – ‘अहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ,  लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ । ‘

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका