
तातोपानी – सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि आज सोमबारदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी स्वरूप दुईतर्फी आयात निर्यात सुरु भएको हो । आज बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिएका छन्।