
काठमाडौँ – सुनको भाउ नेपाली बजारमा घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।