
काठमाडौं। आज सुनको मूल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।
यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।