जोडिनुहोस
  • होमपेज
  • हमास विरुद्धको युद्धमा एकैदिन २४१ जनाको मृत्यु

हमास विरुद्धको युद्धमा एकैदिन २४१ जनाको मृत्यु

काठमाडौं। गाजामा हमास सैन्य समूह विरुद्ध इजरायलले गरिरहेको युद्ध अझै धेरै महिनासम्म चल्न सक्ने इजरायली सेना प्रमुखले बताएका छन् ।

सेना प्रमुख हार्जी हेलेजीले सम्वाददाताहरुसँग कुराकानी गर्दै तत्काल युद्ध समाप्त गर्ने जादुमय समाधान नभएको बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार सैन्य अभियान समाप्तिको नजिक नरहेको भन्दै चेतावनी दिनुभएको थियो ।

इजरायलले हिजो एकै दिन १ सयभन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ । इजरायलले मध्य गाजामा स्थल आक्रमण विस्तार गरिरहेको छ ।

हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईका क्रममा गाजामा २० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । इजरायली बमबारीबाट करिब १९ लाख आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रमा विगत २४ घण्टामा कम्तीमा २४१ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले ३८२ जना घाइते भएको बताएको छ ।

मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईंमा कम्तीमा २० हजार ९१५ प्यालेस्टाइनी मारिएका छन्, जसमा अधिकांश बालबालिका र महिला छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14