जोडिनुहोस
बिहिबार, फाल्गुन २९, २०८१
बिहिबार, फाल्गुन २९, २०८१
  • होमपेज
  • होलीमा सुरक्षाका लागि २७ सय प्रहरी परिचालन

होलीमा सुरक्षाका लागि २७ सय प्रहरी परिचालन

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३र४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।

होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए उनका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

मापसे चेकिङ, ओभरस्पिड, हेल्मेट नलगाउने, जथाभावी सवारी चलाउनेलगायत प्रहरीको कारबाहीमा परेका हुन् ।

बेलुकासम्म होल्डमा रहेका सवारी साधनलाई कसुरअनुसार जरिवाना तिराइने प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतको भनाइ छ ।

काठमाडौं उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकामा होलीमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार ट्राफिक प्रहरी तथा सादा पोशाक, जनपद र अनुगमन टोली गरी कुल दुई हजार ७०६ जना सुरक्षाकर्मी सुरक्षाका लागि परिचालन गरिएको छ ।

होली पर्वका अवसर बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहित उपत्यकाका १९ ठाउँमा होली विशेष कार्यक्रम भइरहेका छन् । सबै कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको छ ।

“लागु पदार्थ सेवन गर्नेको शरीर खानतलासी गरिने र त्यस्ता पदार्थ फेला परेमा बरामद गरी कारबाही अघि बढाउने, होलीमा झैझगडा गर्ने, उछृंखल गतिविधि गर्ने, अनुमतिविना रङ दल्नेलाई पहिचान गरी कारबाही गर्ने एसपी बोहोराले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका