
काठमाडौं। कास्कीको पोखरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७, बिरौटाका ५२ वर्षीय भरतबहादुर ठकुरीसहितका व्यक्तिहरू छन् ।
भरतबहादुरको ठकुरी खाजाघरभित्र जुवातास खेलिरहेको अवस्थामा सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ७९ हजार ९७० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।