
काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिका –९ महालक्ष्मीमा एक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०४० प १३२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची घर भई ललितपुर महानगरपालिका–२ ईमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।