वासिङटन, अमेरिकाको स्वास्थ्य नियामक निकायले इन्फ्लुएन्जा खोप अभियानजस्तै वार्षिक रूपमा वयस्कहरूलाई पछिल्लो अद्यावधिक गरिएको कोभिड–१९ को एक डोज खोप प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ ।
खाद्यान्न तथा औषधि प्रशासन यस प्रस्तावबारे सल्लाहकारहरूसँग छलफल गरेको छ । केही ससाना बालबालिका र वृद्ध वयस्कहरू तथा रोग प्रतिरोधात्मक क्षमता नाजुक भएका व्यक्तिहरूमा वर्षमा दुईपटक कोभिड खोप लगाउनेबारे पनि विचार गर्नेबारे छलफल भएको छ ।
फ्लू खोपहरूका लागि वार्षिक रूपमा स्ट्रेनहरू परिवर्तन गरिएजस्तै खोप अद्यावधिक गर्नका लागि विभिन्न प्रकारका नियमित छनोटको आवश्यकताबारे पनि नियामकले आफ्ना सल्लाहकारहरूको विचार खोजेको छ ।