
काठमाडौ, नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रूपैयाँ ९३ पैसा र बिक्री दर १३० रूपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ८२ पैसा र बिक्री दर १४२ रूपैयाँ ४७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।