सुर्खेत, कर्णाली प्रदेश सरकार आज बिस्तार हुने भएको छ। सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मंगलबार बसेको बैठकले भागबन्डा टुङ्गो लगाएको हो ।
माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय पाउने भएको छ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो । यी मन्त्रालयमा जाने मन्त्रीको नियुक्ति आज हुने माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिएका छन् ।