
काठमाडौं, देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि केही भूभागमा आंशिक बदली रही हल्का वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भूभागमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी भूभागमा हल्का हिमपात हुने हुनाले चिसो बढ्ने विभागको भनाइ छ । भोलि बिहीबार प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।
त्यस्तै, माघ १३ गते शुक्रबार पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ ।