
काठमाडौँ – काठमाडौंस्थित भारतीय राजदुतावासले भारतको ७४औं गणतन्त्र दिवस मनाएको छ। बिहीबार राजदुतावासले आयोजना गरेको कार्यक्रममा केही व्यक्तिहरुलाई सम्मान गरिएको छ।
त्यसक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।
दुतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ।