
काठमाडौ, नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९५ पैसा र बिक्री दर १४२ रूपैयाँ ६१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ३७ पैसा र बिक्री दर १६२ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।