
काठमाडौं, देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त बायुको असर कायमै रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्नेछ ।
आज शुक्रबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतः मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै, आज राति पनि सो ठाउँमा सामान्य बदली रहनेछ ।
सोहीअनुसार भोलि शनिबार प्रदेश १ मा आंशिक बदली रहने विभागले जनाएको छ । राति प्रदेश १, गण्डकी र सुदूरपश्चिममा आंशिक बदली कायम रहनेछ । त्यस्तै, १४ गते शनिबार सुदूरपश्चिमको उच्च पहाडी भूभागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपात हुनेछ । बाँकी भूभागमा मौसम सफा रहने छ