
काठमाडौं, काठमाडौंमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गौशालामा हिजो दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छन् । चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा गएराति पौने १२ बजे रोशनीको मृत्यु भएको हो ।
चावहिलबाट गौशाला आउँदै गरेको प्रदेश ३ ०१ ००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई हिजो दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।