
काठमाडौं, काठमाडौँमा मंगलबार कालो अंगुरको प्रतिकिलो २६५ रुपैयाँ औसत मूल्य रहेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार हरियो अंगुरको मूल्य १६३।३३ पैसा, अदुवाको ८५, अम्बाको १४०, आलु सेतोको २१, काउली तराईको २५, काउली स्थानीयको ३६ रुपैयाँ औसत मूल्य रहेको छ ।
यसैगरी सुकेको खुर्सानीको ४६५, गान्टेमुलाको ६६ रुपैयाँ ६७ पैसा, गोलभेडा ठुलो नेपालीको ४५, तरुलको ६५ रुपैयाँ औसत मूल्य रहेको बजार विकास समितिले जनाएको छ ।