जोडिनुहोस
  • होमपेज
  • भारत र जापान प्रविधिमा सहकार्य गर्न तयार

अन्तर्राष्ट्रिय

भारत र जापान प्रविधिमा सहकार्य गर्न तयार

भारत र जापान प्रविधिमा सहकार्य गर्न तयार

नयाँ दिल्ली— भारतीय विदेश मन्त्री एस जयशंकरले जापानी प्रधानमन्त्री फुमियो किशिदाका विशेष सल्लाहकार मासाफुमी मोरीसँग विशेष भेटवार्ता गरेका छन् ।

विदेशमन्त्रीले ट्वीटरमार्फत जापानी उच्च अधिकारीसँगको भेटबारे जानकारी दिएका हुन् । भेटवार्तामा जापानी प्रविधिको बारेमा छलफल भएको बताइएको छ ।

उनले हाई स्पीड रेल परियोजनाले मेट्रोभन्दा पनि ठूलो फरक पार्ने बताएका छन्। यस्तै दुवै देशले तेस्रो बजारमा सहकार्य गर्ने अवसरका बारेमा पनि विचार आदानप्रदान गरेको उनले बताए । विदेश मन्त्रीले यसअघि गत वर्षको डिसेम्बरमा न्युयोर्कमा जापानी विदेशमन्त्री यामादा केन्जीसँग वार्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका