
काठमाडौँको गौशालामा गोली चलेको छ। सोमबार बिहान चलेको गोली लागेर एक जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको परिचय खुलेको छैन। ती व्यक्तिलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको छ।
प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति फरार भएकाले खोजी भइरहेको छ।






































