जोडिनुहोस
  • होमपेज
  • प्रकाश राज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको गरे सफल आरोहण

प्रकाश राज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको गरे सफल आरोहण

काठमाडौँ— नेपाली युवा पर्वतारोही प्रकाश राज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । यही अक्टोबर ३१ तारिखमा पाण्डेले तान्जानियामा रहेको “किलिमन्जारो हिमाल”को सफल आरोहण गरेका हुन् ।

सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गर्ने अभियानमा रहेका पाण्डे अक्टोबर २५ तारिखमा तान्जानियातर्फ प्रस्थान गरेका थिए ।

माउण्ट किलिमन्जारो अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुचुरो हो। तान्जानियाको सुषुप्त ज्वालामुखी रहेको क्षेत्रमा अवस्थित यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । उनले मङ्गलवार बिहान ६ः४० बजे किलिमन्जारो हिमालको सफल आरोहण गरेका हुन् ।

पाण्डेले किलिमन्जारोको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डाका साथै, नेपाल स्काउट, रोटरी इन्टरनेशनल तथा अन्य सङ्घसंस्थाको झण्डा समेत फहराएका थिए । यो अभियान आफ्नो मात्र नभई सिङ्गो नेपाल र नेपालीहरूको पनि रहेको भन्दै आफ्नो अभियानले नेपालको अन्य देशसँगको दौत्य सम्बन्ध निर्माण र विस्तारमा सहयोगी हुने अपेक्षा गरेको पाण्डेले बताए । नेपालको पर्यटन प्रवर्द्धन र प्रचारप्रसार गर्न पनि यो अवसरलाई उपयोग गर्ने लक्ष्य रहेको उनले बताए।

हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरूको आरोहणलाई विशेष मानिन्छ । यस अभियान अन्तर्गत किलिमन्जारो पछि क्रमशः अन्य महादेशका हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताए। आरोही पाण्डेले सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत सफल आरोहण गरिसकेका छन् भने भने गत जुनमा युरोपको सर्वोच्च शिखर माउण्ट एलब्रसको सफल आरोहण गरेका थिए ।

समाजसेवामा पनि रुचि राख्नुहुने आरोही पाण्डेले आरोहण पश्चात् तान्जानियाकै मासमरिया चिल्ड्रेन सेन्टरका २ देखि २० वर्षका ७५ जना बालबालिका तथा युवाहरूका लागि खेल सामग्री प्रदान गरेका छन्। आरोहणका क्रममा आफूले आरोहण मात्रै नगरी स्थानीय समुदायप्रति कृतज्ञता ज्ञापन गर्ने अवसरको रुपमा समेत यस अभियानलाई अगाडी बढाउने जमर्को गरेको आरोही पाण्डेले बताए।

नेपाल स्काउटका सदस्य समेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा रहेको बेडेन पावेल स्काउट पिक दुई पटक आफैले आरोहण गरी विदेशी स्काउटहरूलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help