जोडिनुहोस
  • होमपेज
  • अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौँ नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ।

बडाल नेतृत्वको पूर्व कमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। त्यस्तै एक अध्यक्ष चार उपाध्यक्ष र १० सचिव चयन हुनेछन्। जारी महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ। महाधिवेशनमा देशभरबाट १५ सय बढी प्रतिनिधि रहेका छन्।

गत मङ्गलवारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको महाधिवेशन आजसम्म चल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका