काठमाडौं– हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ का पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ को पहाडी भू—भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू—भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमान शाखाले अद्यावधिक रहन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।